नेप्सेमा करिब १० अङ्कको गिरावट, सम्पूर्ण सब-इन्डेक्स राताम्मे !
आज बिहिबार ९.८३ अङ्कले घटेर ०.५३% गिरावटको साथ नेप्से परिसूचक १८३८.९६ अंकमा बन्द भएको छ। कारोबार भएका २२९ कम्पनीमध्ये ३७ कम्पनी उकालो लागेको छन्, १४३ कम्पनी ओरालो लागेका छन् भने ५ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका १३ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा साम्लिंग पावर कम्पनी रहेको छ, जसको ९.९८% मूल्य बढेर कारोबार भएको छ । सबैभन्दा धेरै गुमाउनेमा १०% प्रभू डिबेन्चर २०८४ रहेको छ, जसको सेयर मूल्य ९.९३% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर नबिल बैंकको र भोलुममा कारोबार सानिमा ईक़ुइटि फन्डको भएको छ ।
Comments