नेप्से इन्ट्राडे अपडेट: लगभग ११ अङ्कको गिरावट!

आज नेप्से बजार केही अङ्कले घटेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८४० को नजिक आएको छ। १०.८६ अङ्कले घटेर नेप्से परिसूचक १८३७.९३ मा आएको हो । आज २ घण्टामा लगभग २६ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा लक्ष्मी उन्नति कोष  रहेको छ जसको ५.९७% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा १०% प्रभू डिबेन्चर २०८४ रहेको छ जसले ९.८३% गुमाएको छ ।

Comments

Back to top