नेप्सेले बनायो बुलिश हरामी क्यान्डल, अब बजारको दिशा कता?
ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो l प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l
आजको प्राविधिक विश्लेषण यस प्रकार छ:
क्यान्डलस्टिक प्याटर्न :
आज नेप्सेले बुलिश हरामी क्यान्डल बनाएको छ , जसको अर्थ बजारमा केही मात्रामा ट्रेण्ड रिभर्सल भएर माथि जानसक्ने अनुमान गर्न सकिन्छ l
सपोर्ट र रेसिस्टेन्स :
घट्दो बजारको पहिलो सपोर्ट १९०० बिन्दु आसपासमा रहेको देख्न सकिन्थ्यो जुन कुरालाई बजारले ब्रेक गरेको छ l त्यसैगरी , यो बिन्दु आसपास केही दिन बजार अडिएर पुन: खस्दछ भने चाहिँ दोस्रो सपोर्ट १८०० आसपास रहेको आँकलन गर्न सकिने कुरा यथार्थमा परिणत भएको छ l
बोलिंजर ब्याण्ड :
बोलिंजर ब्याण्डबाट नेप्सेलाई हेर्दाखेरी क्यान्डलले लोवर ब्याण्डलाई टच गरिराखेको देख्न सकिन्छ, जसले सकारात्मक सङ्केत दिएको देखिँदैन l
आर.एस.आई :
आर.एस.आई आज २८ को विन्दुबाट केही माथि फर्किएको छ l तर, यसबाट नेप्से फर्किएकै हो त भन्ने कुराको निश्चितता भने पाईएको छैन l
एम.ए.सी.डी :
यो इन्डिकेटरबाट बजार विश्लेषण गर्दा हिस्टोग्राम निरन्तर बढ्न थालेको देख्न सकिन्छ l यसबाट पनि बजारलाई पूर्णरुपमा सकारात्मक सङ्केत मिलेको छैनl त्यसकारण, हतारिएर लगानी नगरेकै राम्रो देखिन्छ l
डी.एम .आई :
डी. एम. आई इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी आपसमा दुवै लाईन टाढिन थालेको देख्न सकिन्छ l जुन आफैमा नकारात्मक कुरा हो l त्यसैगरी, ए.डी.एक्स लाईन पनि केही माथि गएकोले पुन : बिक्री चाँप आउन सक्ने आँकलन गर्न सकिन्छ l
निस्कर्ष :
नेप्सेलाई हरेक तरिकाले हेर्दाखेरी केही माथि जान सक्ने आँकलन गर्न सकिन्छ, जुन कुरा इलेट वेभ बाट पनि अनुमान लगाउन सकिन्छ l तथापी, ठुलो अंकले भने बढ्ने सम्भावना कमै भएकोले बजारमा जोखिम बढेको देख्न सकिन्छ l यद्यपी, छोटो समयको लागि भने ट्रेड गर्ने अवसर आउन सक्ने अनुमान लगाउन सकिन्छ l
पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथि प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !
Comments