नेप्सेमा ११ अङ्कको वृद्धि, १४२ कम्पनी लागे उकालो !

आज बुधबार ११.२० अङ्कले बढेर ०.६१% वृद्धिको साथ नेप्से परिसूचक १८४८.८० अंकमा बन्द भएको छ। कारोबार भएका २२६ कम्पनीमध्ये १४२  कम्पनी उकालो लागेको छन्, ३८ कम्पनी ओरालो लागेका छन् भने ७ कम्पनी स्थिर रहेका छन्।

 

कारोबार भएका १२ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

 

प्रमुख कारोबार

 

आज नेप्से बजारको टप गेनरमा साम्लिंग पावर कम्पनी रहेको छ, जसको १०% मूल्य बढेर कारोबार भएको छ । सबैभन्दा धेरै गुमाउनेमा वियन नेपाल लघुवित्त रहेको छ, जसको सेयर मूल्य ३.६३% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर नबिल बैंकको  र भोलुममा कारोबार नबिल ब्यालेन्स्ड फन्ड-२को भएको छ ।

Comments

Back to top