नेप्से इन्ट्राडे अपडेट: लगभग १४ अङ्कको वृद्धि!
आज नेप्से बजार केही अङ्कले बढेको छ।
सुरुवातदेखि नै बढेको नेप्से १ बजेसम्म १८५० को नजिक आएको छ। १४ अङ्कले बढेर नेप्से परिसूचक १८५१ मा आएको हो । आज २ घण्टामा लगभग ३६ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा हिमालयन उर्जा विकास कम्पनी रहेको छ जसको ५.८८% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सिभिल लघुवित्तीय सँस्था रहेको छ जसले ३.०९% गुमाएको छ ।
Comments