फेडरल रिजर्भले नयाँ ब्याजदर वृद्धिको तयारी गर्दा डाउ जोन्स ४०० अंकले घट्यो !

फेडरल रिजर्भका अधिकारीहरूले लामो समयदेखि प्रतिक्षा गरिएको नीतिगत बैठक सुरु गरेपछि मंगलबारको शुरुआती कारोबारमा अमेरिकी कम्पनीका स्टक्सहरु  खसेका थिए ।  बुधबार लगातार तेस्रो पटक ७५-आधार-बिन्दु ब्याज दर वृद्धि हुने अपेक्षा गरिएको छ, जुन एक आक्रामक कदम मानिएको छ । यसले उधारो लागतलाई उच्च स्तरमा धकेल्ने बताईएको छ।

डाउ जोन्स इन्डस्ट्रियल एभरेज ३८० अंक अर्थात् १.२ प्रतिशतले घटेर बिहान १०:३० बजेसम्ममा ३०,६४० मा झरेको थियो भने एस एन्ड पी ५०० र टेक्नोलोजी-हेभी नास्डेक क्रमशः १.२% र ०.९% ले घटेको थियो।

अर्थशास्त्रीहरूका अनुसार फेडका अधिकारीहरूले बुधबार ब्याज दरमा थप ७५ आधार बिन्दुले वृद्धि गर्नेछन् ।

ठूलो ब्याज दर वृद्धिको अपेक्षालाई प्रतिबिम्बित गर्दै, दस वर्षको ट्रेजरी दर मंगलबार ३.५९३% मा पुग्यो ।

ट्रुइस्ट एडभाइजरी सर्भिसेजका प्रमुख बजार रणनीतिकार किथ लर्नरले एक नोटमा भने उनले आशा गरेका छन् कि फेडले सम्भवतः एक वर्ष भन्दा बढी समयदेखि कायम रहेको मुद्रास्फीति चुनौतीहरूको भरपाई गर्न ब्याज दरहरू लामो समयसम्म उच्च राख्नेछ।

लर्नरका अनुसार बैंक अफ अमेरिकाले सर्वेक्षण गरेको फण्ड म्यानेजरहरुले चरम मंदीको संकेत देखाइरहेका छन्। 

लर्नर भन्छन्, "बजारका लागि सबैभन्दा ठूलो र बढ्दो नकारात्मक जोखिम भनेको मन्दीको जोखिम बढ्नु हो किनकि फेडले आक्रामक रूपमा सुस्त अर्थव्यवस्थामा कडाइ गरेको छ। ऐतिहासिक रूपमा, एक पटक मुद्रास्फीति ५% भन्दा बढी भएपछि, सामान्यतया यसलाई फिर्ता ल्याउनको अर्थतन्त्रमा मन्दी आउने गरेको छ। सन् १९७० देखि लगातार यस्तै हुँदै आएको छ ।"

स्रोत: एजेन्सी 

Comments

Back to top