अरुण काबेलीद्वारा लाभांश घोषणा
अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष २०७८ /०७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले १० प्रतिशत बोनस शेयर (करबाहेक) वितरण गर्ने प्रस्ताव गरेको हो। विधुत् नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी १२ औं वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्।
कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८५ करोड रहेको छ। प्रस्तावित बोनस शेयर वितरणपछि कम्पनीको पूँजी रू. २ अर्ब ४ करोड पुग्नेछ। कम्पनीले अघिल्लो वर्ष भने १७ प्रतिशत बोनस शेयर र कर तिर्न शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश दिएको थियो।
Comments