नेपाल ल्युव आयलले लाभांश पारित गर्न बोलायो साधारण सभा,बुक क्लोज कहिले?

नेपाल ल्युव आयल लिमिटेडले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले साधारण सभा असोज २८ गते बिहान ११:३० बजे याक प्यालेस, पुल्चोक ललितपुरमा गर्ने निर्णय गरेको हो ।

कम्पनी सञ्चालक समितिले सिफारिस गरे बमोजिम २५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै कम्पनीको प्रस्तावित बोनस शेयर बराबरको चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै सभाले कम्पनीको अधिकृत एवंम जारी पूँजी ५ करोड रुपैयाँबाट थप गरी १० करोड रुपैयाँ पुर्याउने प्रस्ताव प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश प्रयोजनाको लागि कम्पनीले असोज १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार असोज १३ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

Comments

Back to top