राधी विद्युतको हकप्रद सेयर आजबाट बिक्री खुला

राधी विद्युत कम्पनीले आज (बुधवार) देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँको १:१.४७५२ अनुपातमा १०० अंकित मूल्यका दरले ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

हकप्रद निष्काशनका लागि कम्पनीले भदौ १२ गते बुकक्लोज गरिसकेको छ । त्यसैले भदौ १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । राधीको हकप्रद सेयरमा २५ असोजसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, जनकपुर र लमजुङको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । हकप्रद बिक्रीपछि राधीको चुक्ता पुँजी करिब १ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।

Comments

Back to top