आशा लघुवित्तको ५१ हजार ९९० कित्ता संस्थापक सेयर बिक्रीमा

आशा लघुवित्त वित्तीय संस्थाले आजदेखि ५१ हजार ९९० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ ।  यसमा इच्छुक योग्य व्यक्तिले असोज १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ । प्रतिकित्ता ३९५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्न सकिनेछ ।

न्यूनतम ६ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ ।

Comments

Back to top