नेप्सेमा ३९ अङ्कको गिरावट, १७८ कम्पनी लागे ओरालो !

आज मंगलबार ३८.८० अङ्कले घटेर २.०७% गिरावटको साथ नेप्से परिसूचक १८३७.६१ अंकमा बन्द भएको छ। कारोबार भएका २३१ कम्पनीमध्ये ७  कम्पनी उकालो लागेको छन्, १७८ कम्पनी ओरालो लागेका छन् भने २ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका सबै १३ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

 

प्रमुख कारोबार

 

आज नेप्से बजारको टप गेनरमा स्वाभिमान लघुवित्त रहेको छ, जसको ३.९२% मूल्य बढेर कारोबार भएको छ । सबैभन्दा धेरै गुमाउनेमा कालिका पावर कम्पनी रहेको छ, जसको सेयर मूल्य १०% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर हिमालयन डिस्टिलरीको  र भोलुममा कारोबार सानिमा इक्युइटी फन्डको भएको छ ।

Comments

Back to top