हङकङ स्टक बजार ६ महिनाको न्यून विन्दुबाट उकालो लाग्दै !

अमेरिकी स्टकमा अन्तिम सत्रको वृद्धिपछि हङकङको सेयर बजार मंगलबार ६ महिनाको न्यून विन्दुबाट उकालो लागेको छ ।

अमेरिकामा सूचीबद्ध चिनियाँ कम्पनीहरूको सेयर मंगलबार बिहान हङकङमा उच्च कारोबार भयो । यसमा इलेक्ट्रिक वाहन निर्माता एक्सपेंग इंक पनि थियो जसले अग्रणी लाभ लियो । त्यस्तै, अलीबाबा ग्रुप होल्डिंग लिमिटेड र जेडी.कम  ४ प्रतिशतले बढे।

मंगलबार चिनियाँ वेब सर्च कम्पनी बाइडु इंक र टेक समूह टेन्सेन्ट होल्डिंग्स लिमिटेड पनि बलिया देखिए ।

मंगलबार अमेरिकी बजारमा यी चिनियाँ कम्पनीको सेयर मूल्य बढेको थियो।


प्रेस टाइममा, हङकङको बेन्चमार्क ह्यांग सेंग इन्डेक्स विश्व बजारबाट सकारात्मक संकेतहरूको अनुसरण गर्दै लगभग १.३३% माथि थियो। यस्तै अष्ट्रेलियाको एएसएक्स २०० १.१७ प्रतिशत, जापानको निक्केई २२५ ०.४२ प्रतिशत र सांघाईको एसएसई कम्पोजिट इन्डेक्स ०.४६ प्रतिशतले बढेको छ ।

राज्य योजनाकार राष्ट्रिय विकास तथा सुधार आयोगले ३०० अर्ब युआन (४२.८ अर्ब अमेरिकी डलर) बराबरको वित्तीय उपकरणको प्रयोगलाई तीव्रता दिने र अर्थतन्त्रलाई गति दिन परियोजना निर्माणलाई तीव्रता दिने घोषणाले लगानीकर्ताको विश्वास लाई बढावा दिएको थियो।

पिपुल्स बैंक अफ चाइनाले पनि विश्लेषकहरूको अनुमानअनुसार आफ्नो एक वर्ष र पाँच वर्षे ऋण प्राइम रेट (एलपीआर) कायम राखेको छ । एक वर्षको कर्जाको प्राइम रेट ३.६५ प्रतिशत र पाँच वर्षको ब्याजदर ४.३० प्रतिशत रहेको छ ।

यी यावत् कारणहरुले गर्दा चिनियाँ सेयर बजार उकालो लागेको अनुमान गर्न सकिन्छ ।

Comments

Back to top