नेप्से इन्ट्राडे अपडेट: लगभग २९ अङ्कको गिरावट !
आज नेप्से बजार भारी अङ्कले घटेको छ।
सुरुवातदेखि नै घटेको नेप्से १ बजेसम्म १८५० को नजिक आएको छ। २९.१९ अङ्कले घटेर नेप्से परिसूचक १८४७.२० मा आएको हो । आज २ घण्टामा लगभग ६० करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा ओरियन्टल होटेल्स रहेको छ जसको २.५८% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा स्वेत गंगा हाइड्रो एंड कन्स्ट्रक्सन रहेको छ जसले ६.४१% गुमाएको छ ।
Comments