सनी सेक्युरिटीजले बोनस र हकप्रद प्रस्तावसहित बोलायो साधारण सभा

सनी सेक्यिुरिटिज कम्पनीले असोन २३ गते साधारण सभा बोलाएको छ । कम्पनीको असोज २ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौंमा आयोजना गर्ने जनाएको छ । सभा दिउँसो ३ बजे हुनेछ ।

सभामा संचालक समितिको आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तसम्मको वासलात तथा २०७८ साउन १ गतेदेखि २०७९ असार मसान्तसम्मको नाफा, नोक्सान, हिसाब र सोही अवधिको नगद विवरण सम्बन्धी विषयमा छलफल गर्ने, संचालक समितिको गठन गर्ने, आर्थिक वर्ष २०७९-८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले बोनश तथा हकप्रद शेयर निष्काशन गर्ने, कम्पनीको हालको बोनश शेयर जारी पछि पूँजी संरचना १:२ हकप्रद शेयर जारी गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

Comments

Back to top