माथिल्लो मैलुङ खोला जलविद्युतले डाक्यो वार्षिक साधारण सभा, आईपीओ जारी गर्ने मुख्य एजेन्डा
माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आइपीओ जारी गर्ने प्रस्तावसहित असोज ९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको भदौ १२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा अकामा होटेल, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभाबाट आइपीओ निष्कासन गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्ने एजेन्डा रहेको कम्पनीले जानकारी गराएको छ । साथै, सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव छ । यस्तै, आर्थिक वर्ष २०७९–८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ ।
Comments