टेस्लाले अटोपाइलट र सेल्फ ड्राइभिङ्ग फिचर्सको भ्रामक विज्ञापन गरेको भन्दै मुद्दा दायर !

टेस्ला गाडीका एक ग्राहकले टेस्ला कम्पनीका सीईओ एलन मस्कले अटोपाइलट र  "फुल सेल्फ ड्राइभिङ" सफ्टवेयरको "भ्रामक  विज्ञापन" गरिरहेको भन्दै मुद्दा दायर गरेका छन्।

टेस्ला गाडीका मालिक ब्रिग्स माट्स्कोले आफ्नो सन् २०१८ को टेस्ला मोडेल एक्सका लागि ५ हजार डलर प्रिमियम तिरेर 'एन्ह्यान्स्ड अटोपाइलट' प्राप्त गरेको बताएका छन् । उनका अनुसार उक्त सफ्टवेयरले राम्रो सँग काम गरिरहेको छैन ।

मुद्दाका अनुसार सन् २०१६ देखि टेस्ला र मस्कले उक्त प्रविधिले काम गर्दैन भन्ने थाहा हुँदाहुँदै पनि यो प्रविधिले पूर्ण रुपमा काम गरिरहेको छ भनेर अनर्गल प्रचार गरेका थिए । यस प्रकारको प्रचारले  सवारी साधनलाई असुरक्षित बनाएको माट्स्कोले बताएका छन् ।

सान फ्रान्सिस्कोस्थित अमेरिकी संघीय अदालतमा दायर गरिएको मुद्दामा सन् २०१६ देखि अटोपाइलट, एन्हान्स्ड अटोपाइलट र फुल सेल्फ ड्राइभिङ फिचरसहितको टेस्लागाडी किनेका वा भाडामा लिएका व्यक्तिका लागि क्षतिपूर्तिको माग गरिएको छ ।

Comments

Back to top