सानिमा इक्विटी फण्डको बुक क्लोज मिति तय, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् लाभांश ?

सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित सानिमा इक्विटी फण्डले लाभांश वितरण गर्न बुक क्लोज मिति तय गरेको छ । क्यापिटलका अनुसार असोज ९ गते एक दिन बुक क्लोज रहनेछ । यसको मतलब असोज ८ गते सम्म कायम इकाइधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन्। असोज ७ र ८ गते क्रमशः शुक्रबार र शनिबार परेकोले असोज ६ गते बिहीबारसम्म कायम इकाइधनीले फण्डले घोषणा गरेको नगद लाभांश पाउनेछन् ।

सानिमा क्यापिटलको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फण्डको इकाईधनीहरुलाई आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट २२ प्रतिशत अर्थांत् २८ करोड ६० लाख नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Comments

Back to top