एशियन लाइफको सेयर मूल्य सामायोजन, कतिमा खुल्दैछ कारोबार?
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १४.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन गरेको हो । समायोजन पछि प्रतिकित्ता ४७१.६२ रुपैयाँ कायम भएको छ। आइतबारको अन्तिम कारोबार प्रतिकित्ता ५४० रुपैयाँ कायम भएको थियो । मंगलबार समायोजित मूल्यअनुसार कम्पनीको सेयर कारोबार खुला हुनेछ ।
Comments