थ्री ब्ल्याक क्रो प्याटर्न बनाएको बजारले के संकेत गर्दछ ?

ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो l प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l

आजको प्राविधिक विश्लेषण यस प्रकार छ:

क्यान्डलस्टिक प्याटर्न :

खस्दो बजारमा नेप्सेले वियरिस माराबोजु क्यान्डल बनाएको छ , जसको अर्थ बजार पूर्ण रुपमा कारोबार अवधिभर बिक्रिकर्ताको नियनत्रणमा रहेको अनुमान गर्न सकिन्छ l त्यसैगरी, सयुंक्त रुपमा हेर्दा खेरी बजारले थ्री ब्ल्याक क्रो प्याटर्न  बनाएको  छ, जसले बजारमा ट्रेन्ड निरन्तरताको संकेत गर्दछ l 

सपोर्ट र रेसिस्टेन्स 

घट्दो बजारको पहिलो सपोर्ट १९०० बिन्दु आसपासमा रहेको देख्न सकिन्थियो जुन कुरालाई बजारले ब्रेक गरेको छ   l  त्यसैगरी , यो बिन्दु आसपास केही दिन बजार अडिएर पुन: खस्दछ भने चाहिँ दोस्रो सपोर्ट १८०० आसपास रहेको आँकलन गर्न सकिने कुरा यथार्थमा परिणत भएको छ l  

बोलिंजर ब्याण्ड :

बोलिंजर ब्याण्डबाट नेप्सेलाई हेर्दाखेरी लोवर ब्याण्ड नजिक बजार आइसकेको देख्न सकिन्छ l यदि आगामि दिनमा बजारले लोवर ब्याण्डलाई छोएर निरन्तर खस्दछ भने चाहिँ नयाँ इन्ट्रीको निमित जोखिमपूर्ण मानिन्छ l अपार ब्याण्ड पनि केही तल झुकेको हुँदा खरिदको निमित केही समय कुर्न सकिने कुरा प्रक्षेपण गर्न सकिन्छ l 

  

 

आर.एस.आई  निरन्तर खसेको छ l यसर्थ यो इन्डिकेटरले नयाँ बटम नबनाएमा बुलिस डाइभर्जेंस देखिन सक्ने हुँदा केही समय अरु धैर्य गर्न सकिने छ l तर, खरिदको निमित्त निणर्य दिन सक्ने स्थितिमा बजार नरहेको स्पष्ट अनुमान लगाउन सकिन्छ l 

एम.ए .सी.डी 

 

यो इन्डिकेटरबाट बजार विश्लेषण गर्दा हिस्टोग्राम निरन्तर  बढ्न  थालेको  देख्न सकिन्छ, जुन आफैमा नकारात्मक कुरा हो  l दुबै एम.ए.सिडी र सिग्नल लाईन आपसमा किस गरेको देख्न सकिन्थियो  l  त्यसैगरी , सुरक्षित खरिदको निम्ति बुलिस क्रस ओभर हुन आवश्यक छ जुन कुरालाई बजारले आज पनि  अपूरो छोडेको छ l 

 

डी.एम .आई

 

 

डी. एम. आई इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी आपसमा दुवै लाईन टाढिन थालेको देख्न सकिन्छ l जुन आफैमा नकारात्मक कुरा हो l त्यसैगरी, ए.डी.एक्स लाईन पनि केही साइडवेज गएकोले पुन : बिक्री चाँप आउन सक्ने आँकलन गर्न सकिन्छ l 

निस्कर्ष :

नेप्सेलाई हरेक कोणबाट हेर्दाखेरी पुन : केही अंक अरु खस्न सक्ने अनुमान लगाउन सकिन्छ l त्यसैगरी, सबै इन्डिकेटरबाट पनि खरिद अवसर नआएकोले केही समय बजारमा धैर्यता कायम गर्न सकिने छ l इलेट वेभबाट पनि हेर्दाखेरी भारी अंक खस्न सक्ने अनुमान लगाउन सकिन्छ l 

 

पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथि प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न  सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !

Comments

Back to top