एलन मस्क भौतिक सीमाहरूको कारणले आर्थिक वृद्धि पतन हुने अध्ययनसँग असहमत !

वैज्ञानिक जर्नल नेचरले ट्विटरमा सेयर गरेको सन् १९७२ को रिपोर्ट 'द लिमिट्स टु ग्रोथ' लाई फर्केर हेर्दा गरिएको नयाँ विश्लेषणले आर्थिक विस्तार निर्बाध रूपमा जारी रहन सक्दैन र भौतिक सीमाले विकासको वर्तमान चरणलाई चाँडै नै अन्त्य गर्न सक्छ भनेर निष्कर्ष निकालेको छ ।

लेखक थोमस मर्फी जुनियरका अनुसार लगानी र नीतिसम्बन्धी निर्णयहरू निरन्तर आर्थिक विस्तारको अवधारणाअन्तर्गत गरिन्छ। 'सीमित स्रोतको सीमित संसारले अनिश्चित विकासलाई समर्थन गर्दैन', उनले भने।

उक्त पत्रिकाले सन् २१०० भन्दा अघि नै यसको ठूलो पतन हुने चेतावनी पनि दिएको छ, जुन सम्भवतः वर्तमान शताब्दीको मध्यसम्ममा हुनेछ। स्रोतहरूलाई एकैसाथ दोब्बर बनाएर, प्राविधिक प्रतिस्थापन र क्षमतालाई बढावा दिएर, आक्रामक रूपमा रिसाइक्लिङ गरेर र कडा प्रदूषण नियन्त्रण लागू गरेर, औद्योगिक उत्पादनमा स्पष्ट सीमा लागू गरेर र जन्मदर मृत्यु दरसँग मेल खाने माग सृजना गरे तापनि यसलाई रोक्न नसकिने उक्त अध्ययनले बताएको छ ।

एलन मस्क, जसले आफ्नो इलेक्ट्रिक वाहन कम्पनी र अन्य उद्यमहरू मार्फत दिगो विकासको लागि प्रयास गर्छन्, उनले यस प्रसङ्गबारे फरक विचार राखे ।

'प्राविधिक रुपमा सत्य हो, तर पृथ्वीको अर्थतन्त्र भौतिक सीमाभन्दा निकै टाढा छ,' उनले भने।

"ऊर्जा अर्थव्यवस्थाको आधार हो, तर हामी उपलब्ध ऊर्जाको धेरै सानो मात्रा प्रयोग गरिरहेका छौं, जसमा पनि हामीले केवल पीभी [फोटोवोल्टिक] प्रयोग गरेका छौँ," उनले थपे।

मस्कको एउटा मिसन मानवलाई बहुग्रहीय प्रजाति बनाउनु पनि हो । उनको स्पेसएक्स उद्यम मंगल ग्रहमा मानवलाई बसोबास गर्ने दिशामा काम गरिरहेको छ ।


 

Comments

Back to top