नेप्से इन्ट्राडे अपडेट: लगभग २४ अङ्कको गिरावट !

आज नेप्से बजार भारी अङ्कले घटेको छ।

सुरुवातदेखि नै घटेको नेप्से १ बजेसम्म १८९० को नजिक आएको छ। २४.०३ अङ्कले घटेर नेप्से परिसूचक १८८६.३५ मा आएको हो । आज २ घण्टामा लगभग ४३ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा मानुसी लघुवित्त  रहेको छ जसको ५.५३% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा राप्ती हाइड्रो एंड कन्स्ट्रक्सन रहेको छ जसले ८.७६% गुमाएको छ ।

Comments

Back to top