ङादी ग्रुप पावरको सेयर लिलामी मार्फत बिक्री खुला
ङादी ग्रुप पावरको १२ लाख ५७ हजार २९० कित्ता सेयर आजबाट लिलामी मार्फत बिक्री खुला भएको छ । कम्पनीको सर्वसाधारण समूहको सेयर बिक्री हुन लागेको हो । यसमा असोज १३ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानि त्यसभन्दा बढी मूल्य तोकेर बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।
ङादी ग्रुप पावरले साउन १८ गतेबाट १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीको हकप्रद सेयर माग अनुसार आवेदन नआएकाले बाँकी सेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो । यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर,नक्साल, काठमाडौंबाट आवेदन दिन सकिनेछ । यसैगरी, सिद्धार्थ बैंक लिमिटेडका शाखा कार्यालयहरुः विराटनगर, विर्तामोड, वीरगञ्ज , जनकपुर, नेपालगन्ज, सुर्खेत, पोखरा, बाग्लुङ्ग , बुटवल, घोराही, घनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिनेछ ।
Comments