धेरै अर्बपतिको बसोबास भएका यी हुन् शिर्ष तीन सहर !

ब्लूमबर्गले हेन्ले एन्ड पार्टनर्स समूहलाई उद्धृत गर्दै धेरै अर्बपतिको बसोबास भएका सहर  सम्बन्धित रिपोर्ट प्रकाशित गरेको छ। रिपोर्टअनुसार धनीको संख्यामा अमेरिकाका सहर शीर्ष स्थानमा छन्। त्यस्ता शीर्ष १० सहरमा ५ सहर अमेरिका भित्रै छन्।

रिपोर्टअनुसार विश्वमा धनीव्यक्तिको संख्यामा १२ प्रतिशतले कमी आए पनि यस वर्ष विश्वमा करोडपतिको संख्यामा न्युयोर्कले अग्रता कायम राखेको छ। प्रतिवेदनमा ती करोडपतिहरु समावेश छन्, जसको लगानीयोग्य सम्पत्तिमा १ मिलियन डलर वा बढी छ। यसमा नगद, चेक, सेयर बजारमा लगानीका लागि बचत खाता, सरकारी ऋणपत्र र म्युचुअल फन्ड समावेश छन्। शीर्ष १० देशको सूचीमा आधा सहर अमेरिकाका छन्।

धनीहरुको रोजाइमा रहेका विश्वका सहरहरुको सूचीमा ३.४५ लाख करोडपति नम्बर १ न्युयोर्कमा छन्। यो सहरमा ५९ अर्बपति पनि बस्छन् र १०० मिलियन डलरभन्दा बढी सम्पत्ति भएका ७३७ धनी छन्। 

दोस्रो नम्बरमा जापानको राजधानी टोकियोको नाम छ जहाँ ३.०४ लाख करोडपति र १२ अर्बपति बसोबास गर्छन्। १०० मिलियन डलरभन्दा बढी भएको यो सहरमा धनीहरुको संख्या २६३ छ।

योसँगै करोडपतिको संख्याको हिसाबले तेस्रो नम्बरमा अमेरिकी सहर सान फ्रान्सिस्को रहेको छ। त्यहाँ २.७६ लाख करोडपति र ६२ अर्बपति छन्। १०० मिलियन डलरभन्दा बढीको सम्पत्ति भएको यस सहरमा धनी व्यक्तिको संख्या ६२३ छ।

स्रोत: एजेन्सी

Comments

Back to top