सानाकिसान विकास र आरएमडिसी लघुवित्तबीच मर्जर सम्झौता,कतिमा भयो स्वाप रेसियो सम्झौता?
साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाबीच मर्जर हुने भएको छ । शुक्रबार यी दुई संस्थाबीच मर्जर सम्झौता भएको हो । स्वाप रेसियो १००:८७ कायम हुने सहमति भएको छ । यसको अर्थ आरएमडिसी लघुवित्तको हाल १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन्। मर्जरपछि साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार हुने भएको छ । साना किसानका अध्यक्ष खेम बहादुर पाठक र मर्जर उपसमितिका संयोजक उमेश लम्साल तथा आरएमडीसी लघुवित्तका अध्यक्ष सुजाता जोशी र संयुक्त मर्जर समितिका संयोजक भिम प्रसाद तिम्सिनाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
Comments