नेप्सेको साप्ताहिक प्राविधिक विश्लेषण, क्यान्डल बन्यो 'बियरिश इन्भर्टेड ह्यामर' !
गत साता १.६७% ले घटेको नेप्से यो साता पनि १.४१% ले घटेको छ। यस साताको पहिलो कारोबार दिन आइतबार १९३८.२० को बिन्दुमा खुलेको नेप्से १९८९.८५ को उच्च बिन्दुसम्म पुगेको थियो। नेप्सेले यस साता करिब २७ अङ्क गुमायो। हप्ताको अन्तिम कारोबार दिन लगभग १४ अंक घटेर नेप्से १९१०.३८ मा बन्द भएको छ।
साताभरिमा सबै १३ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन् ।
यस साताको टप गेनर्स (Top Gainers)
यस साताको टप लुजर्स (Top Losers)
यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनीहरु (Top Traded Stocks By Volume )
टप ब्रोकर
प्राविधिक विश्लेषण
NEPSE WEEKLY UPDATE: Sep 17, 2022
अघिल्लो साता 'बियरिश क्यान्डल’ बनाउँदै ओरालो लागेको नेप्सेले यो साता 'बियरिश इन्भर्टेड ह्यामर क्यान्डल’ बनाएको देखिन्छ जसले बजारमा खरिदकर्ताको चाप बढ्न थालेको सङ्केत गर्छ। यस साताको क्लोजिंग मिडल ब्याण्ड भन्दा मुनि भएको छ तर ब्याण्ड भने खुम्चिन थालेको देखिन्छ जसले बजारमा उतारचढाव कम हुन थालेको जनाउँछ। एमएसिडि लाईन घटेर जिरो लाइन भन्दा तल – १२९.९५ मा आएको छ र हिस्टोग्राम घटेर पोजिटिभ ७.२८ मा पुगेको छ जसले बजारमा खरिद घटिरहेको देखाउँछ । सिग्नल लाईन भने बढेर जिरो लाईन भन्दा तल -१३७.२३ मा आएको छ। -१४ डिएमआई लाईन +१४ डिएमआई लाईन भन्दा माथि रहेको देखिन्छ र –१४ डिएमआई लाईन सिधा गएको देखिन्छ जसले बजारमा खरिद बढ्न थालेको बुझाउँछ। आरएसआइ ३५.६० बाट घटेर ३४.४९ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम घटेको देखिन्छ ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १८६० को एरिया हुन्छ भने नेप्सेको अवरोध २०९० को एरिया देखिन्छ।
Comments