सपोर्टको रेन्जमा बनेको ह्यामर क्यान्डलले, के बजार फर्कन सक्ने आँकलन लगाउन सकिएला त ?
ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो l प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l
आजको प्राविधिक विश्लेषण यस प्रकार छ:
क्यान्डलस्टिक प्याटर्न :
खस्दो बजारमा नेप्सेले ह्यामर क्यान्डल बनाउँदै १९१०. ३८ बिन्दुमा बन्द भएको छ , जसले बजारमा केही खरिद इच्छा आउँदै गएको संकेत गर्दछ l
सपोर्ट र रेसिस्टेन्स
घट्दो बजारको पहिलो सपोर्ट १९०० बिन्दु आसपासमा रहेको देख्न सकिन्छ l त्यसैगरी , यो बिन्दु आसपास केही दिन बजार अडिएर पुन: खस्दछ भने चाहिँ दोस्रो सपोर्ट १८०० आसपास रहेको आँकलन गर्न सकिन्छ l अर्कोतर्फ, बजार निरन्तर बढेमा २०९० आसपासमा पहिलो रेसिस्टेन्स लिन सक्ने अनुमान लगाउन सकिन्छ l तसर्थ, अन्तिम कन्फरमेसनको निमित्त आइतबारको बजार हेर्न पर्ने देखिन्छ l
बोलिंजर ब्याण्ड :
बोलिंजर ब्याण्डबाट नेप्सेलाई हेर्दाखेरी लोवर ब्याण्ड नजिक सपोर्ट लिएको देख्न सकिन्छ l तसर्थ, यो इन्डिकेटरबाट बजार प्रक्षेपणगर्दा बनको ह्यामर क्यान्डल भ्यालिड हुनका निमित्त आईतबारको बजार बढ्नुपर्ने देकिन्छ l अन्यथा , बजारले १८०० आसपासमा सपोर्ट लिन सक्ने अनुमान लगाउन सकिन्छ l
आर.एस.आई
आर.एस.आई निरन्तर खसेको छ l यसर्थ यो इन्डिकेटरले नयाँ बटम नबनाएमा बुलिस डाइभर्जेंस देखिन सक्ने हुँदा केही समय अरु धैर्य गर्न सकिने छ l तर, खरिदको निमित्त निणर्य दिन सक्ने स्थितिमा बजार नरहेको स्पष्ट अनुमान लगाउन सकिन्छ l
एम.ए .सी.डी
यो इन्डिकेटरबाट बजार विश्लेषण गर्दा हिस्टोग्राम निरन्तर बढ्न थालेको देख्न सकिन्छ, जुन आफैमा नकारात्मक कुरा हो l दुबै एम.ए.सिडी र सिग्नल लाईन आपसमा किस गरेको देख्न सकिन्थियो l त्यसैगरी , सुरक्षित खरिदको निम्ति बुलिस क्रस ओभर हुन आवश्यक छ जुन कुरालाई बजारले आज पनि अपूरो छोडेको छ l
डी.एम .आई
डी. एम. आई इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी आपसमा दुवै लाईन टाढिन थालेको देख्न सकिन्छ l जुन आफैमा नकारात्मक कुरा हो l त्यसैगरी, ए.डी.एक्स लाईन पनि केही साइडवेज गएकोले पुन : बिक्री चाँप आउन सक्ने आँकलन गर्न सकिन्छ l
निस्कर्ष :
नेप्सेले पहिलो सपोर्ट आसपासमा बनाएको ह्यामर क्यान्डल कत्तिको भ्यालिड हुन्छ भन्ने कुरा आईतबारको बजार पश्चात मात्र थाहा हुने भएकाले खरिद निर्णयको लागी केही समय धैर्य गर्नु पर्ने देखिन्छ l
पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथि प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !
Comments