युद्धकालीन प्रतिबन्धका बावजुद रुसी ऊर्जा कम्पनी रोसनेफ्टको नाफा १३ प्रतिशतले बढ्यो !

रुसको सबैभन्दा ठूलो सरकारी तेल कम्पनी रोसनेफ्ट आयलका अनुसार यस वर्षको पहिलो छ महिनामा नाफा १३ प्रतिशतले बढेर ४३२ अर्ब रुबल अर्थात् करिब ७.२ अर्ब डलर पुगेको छ ।

महँगो विश्वव्यापी कच्चा तेलको मूल्यले कम्पनीलाई अघिल्लो वर्षको तुलनामा अधिक आय आर्जन गर्न मद्दत गर्यो । पश्चिमी देशहरूले युक्रेनमा आफ्नो युद्धको लागि मस्कोको वित्तपोषण गर्ने क्षमतालाई संकुचित गर्ने उद्देश्यले प्रतिबन्धहरू लगाए तापनि उक्त कम्पनीको आय बढेको हो।

रोसनेफ्टका प्रमुख कार्यकारी अधिकृत इगोर सेचिनले भने, 'रोसनेफ्ट प्रतिकूल बाह्य कारक र गैरकानुनी प्रतिबन्धको अभूतपूर्व दबाबमा परेको थियो।'

फेब्रुअरीको आक्रमणपछि रुसको तेल उद्योग धरासायी भयो । तर, त्यसपछि चीन र भारतजस्ता ठूला क्रेताहरूले मस्कोबाट कच्चा तेल किने र रुसी तेल किन्न छाडेको पश्चिमा राष्ट्रहरूको चाललाई असफल पारे।

रोसनेफ्ट र व्यापक ऊर्जा क्षेत्रले रूसी तेलमा बढ्दो मूल्य क्यापको सामना गरिरहेको छ। जी–७ राष्ट्रका अर्थमन्त्रीहरूले मूल्य निर्धारणमा क्रेतासहमत नभए स्वीकृत इन्धनको बिमा र ढुवानीमा प्रतिबन्ध लगाउने बताएका छन् ।

अमेरिकी नेतृत्वको यो पहलको उद्देश्य क्रेताहरूलाई मूल्य सीमाको पालना गर्न दबाब दिनु हो।

यसैबीच, अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले डिसेम्बरमा युरोपेली संघ (ईयू) को नयाँ प्रतिबन्ध सुरु भएपछि रुसी तेल उत्पादन एक दिनमा १.९ ब्यारेलले गिरावट आउने अनुमान गरेको छ ।

आईईएले आफ्नो बुधबारको रिपोर्टमा भनेको छ, 'थप १ एमबी/डी उत्पादन र १.४ एमबी/डी कच्चा तेलले नयाँ बजार खोज्नुपर्नेछ। सामुद्रिक सेवाहरूमा ईयूको प्रतिबन्धले प्रस्तावित जी ७ मूल्य क्यापमा सहमत नहुने तेस्रो देशहरूबाट त्यो बाध्यकारी माग आउने सम्भावना रहेको छ।

Comments

Back to top