बरुण हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मौका

बरुण हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज भदौ ३१ गते अन्तिम दिन रहेको छ । आज बैकिंङ समय सम्म आवेदन दिन सकिने छ । कम्पनीले भदौ ६ गतेदेखि २६ गतेसम्म १ः१ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको थियो ।  तर यस अवधिमा सबै बिक्री नभएपछि म्याद थप गरेर ३१ गते सम्म बनाइएको हो । हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

साउन १ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गरेको छ । हकप्रदमा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।  

Comments

Back to top