नेप्सेमा ८ लाख ७० हजार कित्ता बोनस सेयर सूचिकृत
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार ८ लाख ७० हजार १४२ कित्ता बोनस सेयर सुचिकृत भएको छ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सूचिकृत भएको हो । यसले गत वर्ष लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचिकृत भएको हो ।
Comments