श्रीलंकालाई रेमिट्यान्सले राहत दियो: श्रीलंकाली श्रम मन्त्री

श्रीलंकाली श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री मानुषा नानायक्काराले विदेशबाट श्रीलंकालीहरुले पठाएको रेमिट्यान्सले आर्थिक संकटको बेलामा राहत मिलेको बताएका छन्।

उनले यसरी पठाइएको रेमिट्यान्स रकम अगष्ट महिनासम्ममा ३२ करोड ५० लाख अमेरिकी डलर पुगेको पनि बताएका छन् । उनले वैदेशिक रोजगारीमा गएका श्रीलंकालीबाट प्राप्त भएको रेमिट्यान्स रकम पछिल्ला दिनमा बढ्दो रहेको भन्दै यसबाट वैदेशिक मुद्राको खाँचो विस्तारै सहज भएको बताए । उनले गत जुलाई महिनाको तुलनामा अगष्ट महिनामा रेमिट्यान्स रकम १४ दशमलब ६ प्रतिशतले बढेको पाइएको जानकारी दिएका छन् ।

उनले रेमिट्यान्स रकम पठाउने व्यक्तिहरुलाई विशेष धन्यवाद पनि दिए । ‘देश आर्थिक संकटमा परेका बेला विदेश पुगेका नागरिकहरुबाट प्राप्त रेमिट्यान्स रकमका लागि विशेष धन्यवाद छ’– मन्त्री नानकायराले भने ।

गएको वर्षदेखि आर्थिक संकटमा फसेको श्रीलंकामा वैदेशिक रोजगारीका लागि देश छोडेर जानेहरुको संख्या बढ्दै गएको छ । यस वर्षमात्र यहाँका दुई लाखभन्दा बढी मानिसहरु वैदेशिक रोजगारीका लागि विदेश गएको जनाएको छ ।
 

Comments

Back to top