नेप्सेमा ५७ अङ्कको गिरावट, कारोबार रकम भने २ अर्ब माथि!

आज बिहिबार ५७ अङ्कले घटेर २.८८% गिरावटको साथ नेप्से परिसूचक १९२४.४८ अंकमा बन्द भएको छ। कारोबार भएका २३२ कम्पनीमध्ये २  कम्पनी उकालो लागेको छन् र १८६ कम्पनी ओरालो लागेका छन्।

कारोबार भएका सबै १३ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

 

प्रमुख कारोबार

 

आज नेप्से बजारको टप गेनरमा सिटिजन्स म्युचल फन्ड दुई रहेको छ, जसको ४.१२% मूल्य बढेर कारोबार भएको छ । सबभन्दा धेरै गुमाउनेमा एनआईसी एशिया फ्लेक्सी फन्ड रहेको छ, जसको सेयर मूल्य ८% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर र भोलुममा कारोबार लक्ष्मी बैंकको भएको छ ।

Comments

Back to top