एलोन मस्कले नयाँ उत्पादन लन्च गर्दै ट्विटर मुद्दालाई बनाए मजाक !

यदि तपाईं १००० डोगेकोइन (वा लगभग $ ६०) खर्च गर्न खोज्दै हुनुहुन्छ भने एलन मस्कले तपाईंको लागि नयाँ उत्पादन ल्याएका छन्।

अर्बपति टेस्लाका प्रमुख कार्यकारी अधिकृत र स्पेसएक्सका संस्थापकले टेस्लाको बहुप्रतिक्षित साइबरट्रकबाट प्रेरित डिजाइनको साथ एक सीमित संस्करण टेस्ला साइबर-व्हिसल लन्च गरेका छन् । उनले आफ्ना ट्विटर अनुयायीहरूलाई "सीटी बजाउन" प्रोत्साहित पनि गरेका छन् ।

मस्कले ट्विटर बोट्स र स्पाम अकाउन्टहरूको संख्याको बारेमा पारदर्शिताको अभाव देखाउँदै ट्विटर खरीद गर्ने $४४  बिलियनको डिलबाट बाहिर निस्कने प्रयास गरिरहेका छन्।

"मेडिकल-ग्रेड स्टेनलेस स्टील" बाट बनेको टेस्ला साइबर-व्हिसलले ट्रकको कोणीय डिजाइनको नक्कल गर्दछ।

मस्कको साइबर-व्हिसल तुरुन्तै इलेक्ट्रिक-वाहन कम्पनीको वेबसाइटमा उपलब्ध गराईएको थियो।

उक्त लन्च पश्चात मस्कको डोगेकोइन-होल्डिंग प्रशंसकहरूले सबै साइबर-व्हिसलहरु किनेर 'स्टक क्लियर' गरेका छन् ।

Comments

Back to top