सानिमा ग्रोथ फण्डलाई इकाई बिक्री गर्न धितोपत्र बोर्डले दियो अनुमति

सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा बन्दमुखी योजना संचालन हुने भएको छ । सानिमा क्यापिटलले सानिमा ग्रोथ फण्ड नामको बन्दमुखी सामुहिक लगानी कोष योजना संचालनको लागि नेपाल धितोपत्र बोर्डबाट भदौ २८ गते  अनुमति पाएको हो । सानिमा ग्रोथ फण्डको आकार १ अर्ब २० करोडको रहेको छ। बोर्डबाट अनुमति पाएसँगै सर्वसाधारणलाई यस फण्डले १२ करोड इकाई निष्काशन गर्नेछ ।

Comments

Back to top