नबिल इन्भेष्टमेन्टले खुलामुखी योजना संचालन गर्ने, बोर्डले दियो अनुमति
नबिल इन्भेष्टमेन्ट बैकिङ्गले खुलामुखी म्युचुफल फण्ड संचालन गर्ने भएको छ । नबिल इन्भेष्टमेन्टले नबिल फ्लेक्सी क्याप फण्ड नामको खुलामुखी सामुहिक लगानी कोष योजना संचालनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बोर्डले यहि भदौ २७ गते फण्डलाई अनुमति दिएको हो ।
नबिल फ्लेक्सी क्याप फण्डको आकार ७५ करोडको रहेको छ। बोर्डबाट अनुमति पाएसँगै नबिल फ्लेक्सी क्याप फण्डले ७ करोड ५० लाख इकाई निष्काशन गर्नेछ ।
हाल सिद्धार्थ क्यापिटल, एनआईबिएल एस क्यापिटल, एनआईसी एसिया क्यापिटल , एनएमबि क्यापिटल र लक्ष्मी क्यापिटलले खुलामुखी म्युचुअल फण्ड योजना संचालन गरिरहेका छन्।
Comments