तारागाउँ रिजेन्सी होटल्सको नाफा सहित बढ्यो जगेडा कोष

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म  होटलले १८ करोड ८० लाख ८३ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी ३ करोड ५० लाख ७२ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । 

गत आर्थिक बर्षमा होटलले ७० करोड ५ लाख ३५ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। अघिल्लो आर्थिक बर्ष १३ करोड ७१ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।  कम्पनीको चुक्ता पूँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ४४ करोड १६ लाख ३५ हजार रूपैयाँ जम्मा भएको छ । होटलको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ६४ पैसा रहेको छ ।

Comments

Back to top