नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा आज, के-के छन् एजेन्डा?
नेपाल पुनर्बीमा कम्पनीले आज (भदौ ३० गते) सातौं वार्षिक साधारणसभा गर्दैछ । सभा कार्की ब्याङ्केट बबरमहल,काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
साधारणसभामा आर्थिक वर्ष ७७/७८ को वार्षिक साधारण सभामा कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि रहेको छ । सभामा आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनार्थ कम्पनीले १९ भदौमा बुक क्लोज गरिसकेको छ । १८ भदौसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
Comments