बुलिस माराबोजु बनाउँदै बढेको बजारमा अबको रणनीति के हुन सक्ला ?
ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो l प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l
आजको प्राविधिक विश्लेषण यस प्रकार छ:
क्यान्डलस्टिक प्याटर्न :
खस्दो बजारमा नेप्सेले बुलिस माराबोजु क्यान्डल बनाउँदै १९८१.४८ बिन्दुमा बन्द भएको छ , जसले बजार पूर्ण रुपमा कारोबार अवधिभर खरिदकर्ताको नियन्त्रणमा रहेको जानकारी गराउँदछ l अर्कोतर्फ, बढेको बजार कत्तिको स्थिर हुन्छ भन्ने कुरा आगामी कारोबारले बताउनेछ l
सपोर्ट र रेसिस्टेन्स
घट्दो बजारको पहिलो सपोर्ट १९००-१९१५ बिन्दु आसपासमा रहेको देख्न सकिन्छ l त्यसैगरी , यो बिन्दु आसपास केही दिन बजार अडिएर पुन: खस्दछ भने चाहिँ दोस्रो सपोर्ट १८०० आसपास रहेको आँकलन गर्न सकिन्छ l अर्कोतर्फ, बजार निरन्तर बढेमा २०९० आसपासमा पहिलो रेसिस्टेन्स लिन सक्ने अनुमान लगाउन सकिन्छ l
बोलिंजर ब्याण्ड :
बोलिंजर ब्याण्डबाट नेप्सेलाई हेर्दाखेरी मिडल ब्याण्ड नजिक रेसिस्टेन्स लिन सक्ने सम्भावना बढेर गएको देख्न सकिन्छ l यदि बजारले मिडल ब्यान्डलाई रेसिस्टेन्स लिएर खस्दछ भने चाहिँ नयाँ बटम नबनाई फर्केमा कम जोखिम भारमा बढी नाफा आर्जन गर्न सकिन्छ l
आर.एस.आई
आर.एस.आई २६ बिन्दु आसपास आएर तीव्र गतिमा माथि गएको छ, जुन आफैमा सकारात्मक कुरा भएता पनि कुनै बिन्दुमा रेसिस्टेन्स लिएर फर्कन सक्ने अनुमान गर्न सकिन्छ l तर कुनै बिन्दुमा रेसिस्टेन्स लिएर खसेको आर.एस.आईले पहिलेको बटमलाई ब्रेक गर्न सकेन भने चाहिँ फेरी गतिलो खरिद अवसर हात पर्न सकिने छ l
एम.ए .सी.डी
यो इन्डिकेटरबाट बजार विश्लेषण गर्दा हिस्टोग्राम निरन्तर घट्न थालेको देख्न सकिन्छ, जुन आफैमा सकारात्मक कुरा हो l दुबै एम.ए.सिडी र सिग्नल लाईन आपसमा किस गरेको देख्न सकिन्छ l त्यसैगरी , सुरक्षित खरिदको निम्ति बुलिस क्रस ओभर हुन आवश्यक छ l
डी.एम .आई
डी. एम. आई इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी आपसमा दुवै लाईन जोडिन खोजेको देख्न सकिन्छ l त्यसैगरी, ए.डी. एक्स लाईन पनि केही घटेको हुँदा बिक्री चाप हराउँदै गएको स्पष्ट अनुमान लगाउन सकिन्छ l तथापि, पुन: खरिद निर्णयको लागि दुवै लाईनले बुलिस क्रस ओभर गर्न आवश्यक छ l
निस्कर्ष :
इलेट वेभ सिद्धान्त अनुसार बजार विश्लेषण गर्दा बजारले पहिलो वेभ सकाएर दोस्रो वेभमा केही खस्न सक्ने आँकलन गर्न सकिन्छ , जसलाई पुल ब्याक पनि भनिन्छ l यदि बजारमा सानो पुल ब्याक आएर पुन: बढन थाल्दछ छ भने २०९० विन्दु आसपास सम्म बजार बढ्न सक्ने अनुमान लगाउन सकिन्छ l तसर्थ, भोलिको बजार निर्णायक हुने देखिन्छ l
पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथि प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !
Comments