नेप्सेमा करिब साढे ४७ अङ्कको वृद्धि, कारोबार रकम पनि बढेर डेढ अर्ब नजिक!
आज बुधबार ४७.४४ अङ्कले बढेर २.४५% वृद्धिको साथ नेप्से परिसूचक १९८१.४९ अंकमा बन्द भएको छ। कारोबार भएका २२७ कम्पनीमध्ये २०४ कम्पनी उकालो लागेको छन्, १८ कम्पनी ओरालो लागेका छन् भने ३ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका सबै १३ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा ग्रिन डेभलपमेन्ट बैंक रहेको छ, जसको १०% मूल्य बढेर कारोबार भएको छ । सबभन्दा धेरै गुमाउनेमा एनआईसी एशिया फ्लेक्सी फन्ड रहेको छ, जसको सेयर मूल्य १०% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर नबिल बैंकको र भोलुममा कारोबार सनराइज फर्स्ट म्युचल फन्डको भएको छ ।
Comments