नेप्से इन्ट्राडे अपडेट: लगभग ३२ अङ्कको वृद्धि !
आज नेप्से बजार भारी अङ्कले बढेको छ।
सुरुवातदेखि नै बढेको नेप्से १ बजेसम्म १९७० को नजिक आएको छ। ३२.१७ अङ्कले बढेर नेप्से परिसूचक १९६६.२१ मा आएको हो । आज २ घण्टामा लगभग ६२ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा ग्रिन डेभ्लपमेन्ट बैंक रहेको छ जसको ९.६४% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड रहेको छ जसले १०% गुमाएको छ ।
Comments