सिक्लेस हाइड्रोपावरको आइपीओ आजबाट विक्री खुला,
सिक्लेस हाइड्रोपावर लिमिटेडको आज बुधबार (भदौ २९) गतेदेखि साधारण सेयर निष्काशन तथा विक्री खुला भएको छ। यसमा कार्यालय समयदेखि आवेदन दिन सकिनेछ। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो।
सोमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ। सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। उक्त आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।
Comments