बाइडेनले अर्थ-व्यवस्था सुध्रिने आशालाई चुनाव जित्ने कडी बनाउन खोज्दै !

अमेरिकी राष्ट्रपति जो बाइडेनले चुनावी-वर्षमा अचानक आएका सकारात्मक आर्थिक समाचारको फाइदा उठाउने प्रयास गरिरहेका छन्।

घट्दो ग्याँसको मूल्य र मुद्रास्फीति कम हुन सक्छ भन्ने प्रारम्भिक संकेतहरूले डेमोक्र्याटहरूको नोभेम्बरको मध्यावधिमा हाउस र सिनेटको बहुमत कायम राख्ने सम्भावनालाई बढावा दिएको छ।

ह्वाइट हाउसमा आयोजित समारोहमा बाइडेनले आफू र उनका सहकर्मी डेमोक्र्याटहरूले अर्थतन्त्रलाई थप मजबुत अवस्थामा फर्काउन मद्दत गरेको बताएका छन् । उक्त सन्देशको सान्दर्भिकतालाई पछिल्लो सरकारी मुद्रास्फीतिको डाटाले सपोर्ट गरेको छ ।

श्रम विभागको प्रतिवेदनले अगष्टमा उपभोक्ताको मूल्यमा कमी आउने अपेक्षा गरेको थियो जसले सोमबार अमेरिकी सेयर बजारमा उछाल आएको थियो। यद्यपि यदि डाटाले पूर्वानुमान पूरा गरेन भने यो आशावाद अल्पकालीन साबित हुन सक्छ। ब्लुमबर्गले सर्वेक्षण गरेका अर्थशास्त्रीहरूले उपभोक्ता मूल्य सूचकाङ्क (कन्जुमर प्राइस इन्डेक्स) जुलाईदेखि ०.१ प्रतिशतले घट्ने तर ऐतिहासिक रूपमा उच्च रहने अनुमान गरेका छन् ।

Comments

Back to top