विश्वका रियल-स्टेट बजार मन्दीको सामना गर्दै

विश्वभरि नै बढ्दो ऋणको लागतले घर खरिदकर्ताहरू र सम्पत्ति मालिकहरूलाई समान रूपमा खुम्च्याएको छ।

सिड्नीदेखि स्टकहोम, सियाटलसम्म, केन्द्रीय बैंकहरूले दशकौंयताकै सबैभन्दा तीव्र गतिमा ब्याज दर बढाउँदै गर्दा घरको मूल्य घटिरहेका छन् र क्रेताहरू पछि हटिरहेका छन्। यसैबीच, महामारीको समयमा घर किन्नका लागि सस्तोमा ऋण लिएका लाखौं मानिसहरूले ऋण पुनर्संरचना गर्दा उच्च भुक्तानीको मारमा परेका छन्।

घरायसी सम्पत्तिको प्रमुख स्रोत घरजग्गामा आएको तीव्र मन्दीले विश्वव्यापी आर्थिक मन्दीलाई अझ खराब बनाउने खतरा छ । यद्यपि, अहिलेको मन्दी २००८ को वित्तीय संकटको स्तरको नजिक छैन, तर गिरावटले कुन रुप लिन्छ भन्ने कुरा केन्द्रीय बैंकरहरूको लागि एक प्रमुख सूचक हो जसले उपभोक्ताको विश्वासलाई चोट नपुर्याई र गहिरो मन्दीलाई ट्रिगर नगरी मुद्रास्फीतिलाई कम गर्न चाहन्छन्।

अस्ट्रेलिया र क्यानडाजस्ता बजारले घरको मूल्यमा दुई अंकको गिरावटको सामना गरिरहेका छन्। अर्थशास्त्रीहरू विश्वव्यापी गिरावट बल्ल सुरु भएको विश्वास गर्छन्।

'हामी सन् २०२३ र २०२४ मा विश्वव्यापी रूपमा सिंक्रोनाइज्ड हाउजिङ मार्केट मन्दीको अवलोकन गर्नेछौं,' बैंक अफ जापानका पूर्व अर्थशास्त्री हिदेकी हिराताले भने। 

नोमुरा होल्डिङ्स इंकका ग्लोबल मार्केट रिसर्चका प्रमुख रोब सुब्बारमणले भने, 'ऋण लिएका युवा परिवारहरूले आफ्नो जीवनकालमा कहिल्यै पनि उनीहरूको वास्तविक, मुद्रास्फीति-समायोजित ज्याला घटिरहेको समयमा ब्याज दरमा तीव्र वृद्धिको अनुभव गरेका छैनन्।'

विश्वका अधिकांश विकसित अर्थतन्त्रजस्तै न्युजिल्यान्डले पनि अहिलेसम्मको आवास बजार मन्दीको सामना गरिरहेको छ ।

केही देशहरूमा सरकारहरूले पहिले नै हस्तक्षेप गरेका छन् ताकि कडा दबाबमा परेका उपभोक्ताहरूलाई द्रुत गतिमा बढ्दो भुक्तानीको सामना गर्न मद्दत गर्न सकियोस्। यी सरकारी सहयोगको बाबजुद हाउजिङ्ग बजार छिट्टै उस्किने सम्भावना नदेखिएको विश्लेषकहरु बताउँछन् ।

Comments

Back to top