अन्तत: १९१५ को रेन्जलाई बजारले सम्मान गरेको छ , अबको चाल के हुन सक्छ ?

ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो l प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l

आजको प्राविधिक विश्लेषण यस प्रकार छ:

क्यान्डलस्टिक प्याटर्न :

खस्दो बजारमा नेप्सेले बुलिस इन्गल्फिंग  प्याटर्न  बनाउँदै  १९३४  .०५  बिन्दुमा बन्द भएको छ , जसले बजार पूर्ण रुपमा कारोबार अवधिभर खरिदकर्ताको  नियन्त्रणमा रहेको जानकारी गराउँदछ l अर्कोतर्फ, बढेको बजार कत्तिको स्थिर हुन्छ भन्ने कुरा आगामी कारोबारले बताउने छ l 

सपोर्ट र रेसिस्टेन्स

घट्दो बजारको पहिलो सपोर्ट १९००-१९१५  बिन्दु आसपासमा रहेको देख्न सकिन्छ  l त्यसैगरी , यो बिन्दु आसपास केही दिन बजार अडिएर पुन: खस्दछ भने चाहिँ दोस्रो सपोर्ट १८०० आसपास रहेको आँकलन गर्न सकिन्छ l अर्कोतर्फ, बजार निरन्तर बढेमा २०९० आसपासमा पहिलो रेसिस्टेन्स लिन सक्ने अनुमान लगाउन सकिन्छ l 

बोलिंजर ब्याण्ड :

लोवर ब्याण्ड  र अपर ब्याण्डको दुरी बढेसँगै बजारमा भोलाटालिटि बढेको देख्न सकिन्छ , जसको अर्थ बजारमा जोखिम बढ्दै गएको अनुमान लगाउन सकिन्छ l बजार बढेर  मिडल ब्याण्डलाई रेसिस्टेन्स लिएर पुन: खसेको बजारले नयाँ बटमलाई ब्रेक गर्न नसकेमा सुरक्षित लगानी रणनीति तय गर्न सकिन्छ l 

आर.एस.आई

  

 

आर.एस.आई  २६  बिन्दु आसपास आएर  केही माथि गएको छ, जुन आफैमा सकारात्मक कुरा हो l तथापि, लामो समय ओभर सोल्ड जोनमा गएको आर.एस .आई माथि तिर जानुले बजारमा खरिद इच्छा पलाउदै गएको अनुमान लगाउन सकिन्छ l 

एम.ए .सी.डी 

 

यो इन्डिकेटरबाट बजार विश्लेषण गर्दा हिस्टोग्राम फेरी घट्न थालेको  देख्न सकिन्छ, जुन आफैमा सकारात्मक कुरा  हो  l तर, खरिद निर्णय दिन अरु समय लगाउन सक्ने कुरा  हिस्टोग्रामबाट अनुमान लगाउन सकिन्छ l  त्यसैगरी , सुरक्षित खरिदको निम्ति बुलिस क्रस ओभर हुन आवश्यक छ l 

 

डी.एम .आई

 

 

डी. एम. आई इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी वियरिस क्रस ओभर देखिएको छ,  जुन आफैंमा नकारात्मक कुरा हो l त्यसैगरी, ए.डी. एक्स लाईन पनि निरन्तर  बढेको हुँदा खरिद चाप हराउँदै गएको स्पष्ट अनुमान लगाउन सकिन्छ l अर्कोतर्फ, भोलिबाट पनि ए. डी. एक्स  लाईन पुन: बढेर २४ बिन्दु आसपास जान्छ भने चाहिँ फेरी तीव्र गिरावट आउन सक्ने अनुमान लगाउन सकिन्छ l 

 

निस्कर्ष :

इलेट वेभ सिद्धान्त अनुसार बजार विश्लेषण गर्दा लगभग बटम फेज तिर आएको आँकलन गर्न सकिन्छ l त्यसैगरी, सपोर्ट रेसिस्टेन्सबाट पनि पहिलो सपोर्ट १९००-१९१०  मा देखिन्छ l तथापि, बटम फिसिंग गरेर नयाँ इन्ट्री लिनको लागि  एउटा सानो बढाई गएर खसेको बजारले पहिलेको बटम बिन्दु ब्रेक नगरी बढन थाल्दछ छ भने चाहिँ लिन सकिनेछ  l 

पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथि प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न  सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !

 

Comments

Back to top