नेप्सेमा करिब साढे २१ अङ्कको वृद्धि, कारोबार रकम पनि बढ्यो !
आज मंगलबार २१.३० अङ्कले बढेर १.११% वृद्धिको साथ नेप्से परिसूचक १९३४.०४ अंकमा बन्द भएको छ। कारोबार भएका २३१ कम्पनीमध्ये १७२ कम्पनी उकालो लागेको छन्, १४ कम्पनी ओरालो लागेका छन् भने ५ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका सबै १३ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा बोटलर्स नेपाल बालाजु रहेको छ, जसको १०% मूल्य बढेर कारोबार भएको छ । सबभन्दा धेरै गुमाउनेमा ८.५% नेपाल बैंक डिबेन्चर २०८७ रहेको छ, जसको सेयर मूल्य ९.५९% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर नबिल बैंकको र भोलुममा कारोबार सनराइज फर्स्ट म्युचल फन्डको भएको छ ।
Comments