नेप्से इन्ट्राडे अपडेट: लगभग २८ अङ्कको वृद्धि !
आज नेप्से बजार भारी अङ्कले बढेको छ।
सुरुवातदेखि नै बढेको नेप्से १ बजेसम्म १९४० को नजिक आएको छ। २७.९४ अङ्कले बढेर नेप्से परिसूचक १९४०.६६ मा आएको हो । आज २ घण्टामा लगभग ४३ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा बोटलर्स नेपाल बालाजु रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा ८.५% नेपाल बैंक डिबेन्चर २०८७ रहेको छ जसले ९.५९% गुमाएको छ ।
Comments