सनराइज फर्स्ट म्युचुअल फण्डको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
सनराइज फर्स्ट म्युचुअल फण्डको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फण्डले १२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । लाभांश प्रयोजनको लागि फण्डले भदौ २९ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम इकाइधनीले फण्डले घोषणा गरेको नगद लाभांश पाउनेछन् । यसले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट १२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
Comments