हिमालयन रि-इन्स्योरेन्सलको नाफा २७ करोड ८२ लाख
हिमालयन रि-इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८-७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म कम्पनीले २७ करोड ८२ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । अघिल्लो त्रैमासिकको अन्त्यसम्म यस्तो नाफा १९ करोड ६४ लाख रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्ष कम्पनीको लगानी कर्जा तथा अन्यबाट हुने आम्दानी ५३ करोड १८ लाख रुपैयाँ पुगेको छ । यसले यस अवधिसम्म ८६ करोड ८७ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ७७ करोड १७ लाख कुल बीमा शुल्क आर्जन गरेको छ ।
यसको चुक्ता पुँजी ७ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा १२ करोड ५१ लाख ८९ हजार रुपैयाँ रहेको छ ।
Comments