इष्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भदौ ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आईपीओमा आज बैकिङ समयसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थायी बासिन्दाहरुले यसमा आवेदन दिने सक्नेछन् । हाइड्रोपावरले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता सेयर निष्काशन गरेको हो।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट आवेदन दिन सक्नेछन्।

Comments

Back to top