नेप्सेमा करिब साढे १३ अङ्कको गिरावट, कारोबार रकम ८३ करोड !

आज सोमबार १३.५९ अङ्कले घटेर ०.७१% गिरावटको साथ नेप्से परिसूचक १९१२.६९ अंकमा बन्द भएको छ। कारोबार भएका २२५ कम्पनीमध्ये २८ कम्पनी उकालो लागेको छन्, १४९ कम्पनी ओरालो लागेका छन् भने १२ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका १३ उप-समुहहरुमध्ये १२ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

 

प्रमुख कारोबार

 

आज नेप्से बजारको टप गेनरमा युनाइटेड इदि मार्दी आरबी हाइड्रोपावर रहेको छ, जसको ४.१७% मूल्य बढेर कारोबार भएको छ । सबभन्दा धेरै गुमाउनेमा १२.५% नेपाल इन्भेस्टमेन्ट डिबेन्चर २०८२ रहेको छ, जसको सेयर मूल्य ९.५८% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर नबिल बैंकको र भोलुममा कारोबार सनराइज फर्स्ट म्युचल फन्डको भएको छ ।

Comments

Back to top