रोमानियाको मुद्रास्फीति पूर्वानुमान भन्दा बढी !

रोमानियाको उपभोक्ता मूल्य मुद्रास्फीति अगस्टमा अपेक्षा गरिएभन्दा बढी भएको नेसनल इन्स्टिच्युट अफ स्टाटिस्टिक्सको तथ्याङ्कले देखाएको छ ।

उपभोक्ता मूल्य मुद्रास्फीति जुलाईमा १५.० प्रतिशतबाट बढेर अगस्टमा १५.३ प्रतिशत पुगेको छ । अर्थशास्त्रीहरुले मुद्रास्फीति सामान्य रुपमा बढेर १५.१ प्रतिशत पुग्ने अनुमान गरेका थिए ।

अगष्ट महिनामा खाद्य वस्तुको मूल्य १८.२२ प्रतिशतले बढेको छ भने गैरखाद्य वस्तुको मूल्य १५.९८ प्रतिशतले बढेको छ । सेवाको मूल्य ८.२६ प्रतिशतले बढेको छ ।

मासिक आधारमा उपभोक्ता मूल्यहरू अगष्टमा ०.६ प्रतिशतले बढेको छ।

यस्तै, ईयूको उपभोक्ता मूल्यको सुसंगत सूचकांकको मापन अगस्टमा वार्षिक १३.३ प्रतिशतले बढेको छ, जुन अघिल्लो महिनाको १३.० प्रतिशतको वृद्धिभन्दा बढी हो।


 

Comments

Back to top